कीवर्डहरू -

मुक्तिनाथको सम्बृद्धि बचत खाता योजना, पहिलो वर्ष मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ निःशुल्क

मुक्तिनाथको सम्बृद्धि बचत खाता योजना, पहिलो वर्ष मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ निःशुल्क

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र १०० रूपैयाँको न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछन् ।

साथै पहिलो वर्षको लागि निःशुल्क मोबाइल बैंकिङ्ग तथा निःशुल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।