कीवर्डहरू -

इन्डोनेसियामा एक इन्स्योरेन्सका २० लाख ग्राहकको डेटा लिक, बिक्रिमा राखे ह्याकरले

इन्डोनेसियामा एक इन्स्योरेन्सका २० लाख ग्राहकको डेटा लिक, बिक्रिमा राखे ह्याकरले

इन्डोनेसियामा बिआरलाईफ नामक एक इन्स्योरेन्स कम्पनीको डेटा ह्याक भएको छ । यो ह्याक पछि ह्याकहरुले २० लाख ग्राहकको निजी डेटा विक्रिका लागि राखेका छन् ।

साइबरक्राइम रिपोर्ट फर्म हड्सन रकका अनुसार बिआरआई लाईफ इन्स्योरेन्सका २० लाख ग्राहकको विभिन्न कम्प्यूटरहरु ह्याक भएको छ ।

बिआरलाईफका प्रमुख कार्यकरी अधिकृतले यस विषयमा अनुसन्धान भईरहेको बताएका छन् । एक जना नाम नभएको प्रयोगकर्ताले ७ हजार डलरमा २० लाख बिआरलाईफ ग्राहकको ४ लाख ६० हजार कागजात सार्वजनिक गरिदिने भनेको थियो ।

त्यो पोस्टमाा ३० मिनेट लामो कागजातहरुको भिडियो पनि रहेको थियो । भिडियोमा बैंक अकाउन्टको विवरण र इन्डोनेसियाको परिचय पत्र र कर भुक्तानी विवरणहरु रहेको थियो । डेटा सार्वजनिक भएमा यसले धेरै ग्राहकलाई असर पार्ने देखिएके छ ।