कीवर्डहरू -

मेलम्चीका बाढी पिडित सब-डिलरहरुलाई डिशहोमको सहयोग

मेलम्चीका बाढी पिडित सब-डिलरहरुलाई डिशहोमको सहयोग

गएको महिना आसारको पहिलो सातामा आएको विनासकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा अतुलनिय क्षती पुग्यो ।

मेलम्ची खोला छेउको ३ दर्जन भन्दा बढी घर पुर्ण रूपमा क्षति भए भने सयौं घरहरु प्रभावित भए खोला थुनिएर बस्तीमा लेदो सहितको बाढी पस्दा मेलम्ची बजारमा व्यापार व्यवसाय गरेर बस्ने व्यवसयीहरुले सवैभन्दा ठूलो क्षति व्यहोर्नु पर्‍यो ।

बाढीका कारण क्षति पुगेका घरहरुमा संचालनमा रहेका पसलको सामान बगाउँदा तथा पानिका कारण सामानहरुमा पुर्णरूपमा क्षति पुग्दा व्यवसायीहरुले लाखौको क्षति बेहोरे जसमा डिशहोमका आधिकारिक सव-डिलरहरु समेत अछुतो रहेनन् ।

डिशहोमको सुरुवाती समय देखि डिलरको रुपमा जोडिएका व्यवसयीले संचालन गरिरहेको पसलमा बाढीका कारण सम्पुर्ण सामानसंगै डिशहोमको उपकरण (एण्टेना, सेटटप बक्स) मा समेत क्षति पुगेको जानकारी भए अनुसार त्यस क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्धेश्यले प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका ५ जना सव-डिलरहरुलाई जनही १ लाख रुपैया राहत स्वरुव प्रदान गरिएको छ ।

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका छन् ।

बाढी बाट अति प्रभावित सव-डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको हो ।

यस राहत रकमको माध्यम वाट पिडित सव-डिलरहरु लाई थौरै मात्रामा भए पनि राहत महसुस हुनुका साथै आफ्नो व्यवसाय लाई पुनः सुचारु गर्नकालागि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।