कीवर्डहरू -

हराएको एन्ड्रोइड फोन कसरी भेटाउने, लक गर्ने वा डेटा डिलिट गर्ने ? 

हराएको एन्ड्रोइड फोन कसरी भेटाउने, लक गर्ने वा डेटा डिलिट गर्ने ? 

कुनै बेला कुनै कारण तपाईको फोन हराउन वा चोरी हुन सक्छ । फोन हरायो वा चोरी भयो भने उक्त फोन कसरी पाउने र फोनमा भएको डेटाको चिन्ता लाग्छ ।

तर के तपाईलाई थाहा छ ? तपाईको फोन हराएमा वा चोरी भएमा अर्को डिभाइसमा हराएको फोनमा भएको गूगल अकाउन्ट लगइन गरेर सो फोनको लोकेसन पत्ता लगाउन, फोन लक गर्न र डेटा डिलिट गर्न सकिन्छ ।

तपाईको यही समस्यालाई मध्यनजर गरेर हराएको एन्ड्रोईड फोनको लोकेसन कसरी पत्ता लगाउने, लक गर्ने र डेटा डिलिट गर्ने भन्ने बारे जानकारी दिदैछौं ।

यसका लागि सर्वप्रथम कुनै अर्काे एन्ड्रोइड डिभाइसबाट आफ्नो गूगल अकाउन्टमा साइन इन गर्नुपर्छ । त्यसपछि यहाँ क्लिक गर्ने वा वा ‘फाइण्ड माई डिभाइस’ भनेर गूगल गर्ने त्यहाँ पनि लोकेसन आउने गर्दछ ।

फाइण्ड माई डिभाइस वेबपेज खुल्ने बित्तिकै हराएको फोनमा नोटिफिकेसन जाने गर्दछ । आफूलाई नोटिफिकेसन नगएको जस्तो लागेमा दायाँ भागमा रहेको रिफ्रेस बटनमा क्लिक गर्नुपर्छ ।

यसपछि हराएको फोनमा नोटिफिकेसन जाने गर्दछ र त्यो फोनमा नोटिफिकेसन जाने बित्तिकै म्यापमा त्यो फोनको लोकेसन हेर्न सकिन्छ वा पछिल्लो समयको लोकेसन हेर्न सक्नुहुनेछ ।

तपाईले स्क्रीनको बायाँ भागमा तीन ओटा अप्सन पनि देख्न सक्नुहुनेछ, जुन प्ले साउण्ड, सेक्योर डिभाइस र इरेज डिभाइस हुन् । तपाईले पहिलो अप्सन छान्नुभएमा फोन भाइब्रेसन वा म्युटमा भएपनि पाँच मिनेट सम्म फुल भोलुममा रिङ गर्ने गर्दछ ।

सेक्योर डिभाइसमा क्लिक गरेमा फोन टाढैबाट तपाईको पिन, पासवर्ड वा स्क्रीन लकले लक हुने गर्दछ । तपाईले आफूसँग पहिले फोन हुँदा कुनै सेक्युरिटी अप्सन राख्नुभएको थिएन भने हराएपछि पनि राख्न सक्नुहुनेछ ।

इरेज डिभाइस अप्सनले भने तपाईको सबै डेटा डिलिट गरिदिन्छ । यसपछि फाइण्ड माई फोनको फिचर पनि काम लाग्दैन त्यही भएर यो स्टेप सोची सम्भी मात्रै पुरा गर्नुपर्छ ।