कीवर्डहरू -

विन्डोज ११ को पहिलो बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

विन्डोज ११ को पहिलो बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस्  प्रयोग

माइक्रोसफ्टले विन्डोज ११ को बेटा भर्सन सार्वजनिक गरेको छ । बेटा भर्सन विन्डोज इन्साईडर प्रोग्राम इन्स्टल गरेकोमा मात्रै चल्छ ।

अहिले सम्म मान्छेहरुले प्रिभ्यू मात्रै इन्स्टल गर्न पाउँथे तर अब भने बेटा भर्सननै इन्स्टल गर्न मिल्ने भएको छ । यो पहिलेको प्रिभ्यू भन्दा तपाईको डिभाइसमा लागि कम खतरनाक हुन्छ ।

बेटा इन्स्टल गर्नलाई त्यससँग मिल्ने कम्प्यूटर पनि चाहिन्छ । तपाईको कम्प्यूटर मा विन्डोज ११ इन्स्टल गर्न मिल्छ की मिल्दैन् भनेर यहाँबाट हेर्नुहोस् ।

अहिले परीक्षणको समयमा विन्डोज ११ सातौँ जेनको इन्टेल र एएमडी जेन १ सिपियूमा चल्छ की चल्दैन् भनेर परिक्षण गर्नेछ । बेटा भर्सन पाउन पहिले यहाँ रजिस्टर गर्नुहोस् ।

त्यसपछि सेटिङगमा गएर विन्डोज अपडेटमा गएर विन्डोज इन्साइडर प्रोग्राममा जानुपर्छ । त्यसपछि चुज योर इन्साईडर सेटिङ्ग भन्ने अप्सन क्लिक गर्नुपर्छ ।

प्रिभ्यूबाट बेटा भर्सनमा जान भने पुनः ओएस इन्स्टल गर्नुपर्ने हुन्छ । तर केही समय पछि ओएस इन्स्टल नगरिकनै स्वीच हुन सकिनेछ । बेटा भर्सनमा बग, क्रयास हुने जस्तो समस्या भने हुन सक्छ ।