कीवर्डहरू -

अब क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण हुने

अब क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण गर्न निर्देशन दिएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा प्रधानमन्त्रीले क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागु गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा शुक्रबार साँझ सीसीएमसीको बैठक सिंहदरबारमा बसेको थियो । उक्त बैठकमा केही देशले कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले प्रधानमन्त्रीले क्यूआर कोड लागू गर्न निर्देशन दिएका हुन् ।

सकेसम्म छिटो क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण शुरू गर्ने सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले जानकारी दिए । स्वास्थ्य मन्त्रालय र सीसीएमसी बसेर एउटा मोडालिटीमा लगेर छिटोभन्दा छिटो कार्यान्वयन गर्ने उनले बताए ।

क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण नहुँदा नेपालीहरुले दुख पाएका कारण यो सेवा शुरू गर्न लागेको खतिवडाले जानकारी दिए ।