कीवर्डहरू -

एन्ड्रोइडका पुराना संस्करणमा अब गूगलका सेवा नचल्ने

एन्ड्रोइडका पुराना संस्करणमा अब गूगलका सेवा नचल्ने

एन्ड्रोइडका पुराना संस्करणमा गूगलका एप तथा सेवाहरु प्रयोग गर्न नसकिने भएको छ । एन्ड्रोइड २.३.७ (जिन्जरब्रेड) र त्यसभन्दा पहिलेका डिभाइसमा गूगलको सेवा प्रयोग गर्न नसकिने भएको हो ।

आगामी सप्टेम्बर २७ देखि गूगल अकाउन्टमा लगइन गर्न नसकिने जानकारीसहितको इमेल गूगलले पठाउन शुरू गरेको छ । अब गूगलले एन्ड्रोइड २.३.७ (जिन्जरब्रेड) र त्यसभन्दा पहिलेका डिभाइसमा साइन इन गर्न दिने छैन् ।

यो डिसेम्बर २०१० भन्दा अघि सार्वजनिक भएका एन्ड्रोइडको संस्करणहरुसहितका उपकरणहरुमा लागू हुनेछ । गूगलले यसबाट प्रभावित हुने प्रयोगकर्तालाई सफ्टवेयर अपडेट गर्न वा नयाँ डिभाइसमा स्वीच गर्न सल्लाह दिएको छ ।