कीवर्डहरू -

सरकारले एक वर्षमा सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगारी सिर्जना गर्ने

सरकारले एक वर्षमा सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगारी सिर्जना गर्ने

सरकारले एक वर्षमा सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगारी सिर्जना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ को लक्ष्यमा सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगारी सिर्जना गर्ने विषय समावेश गरेको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षमा सूचना प्रविधि सम्बन्धि उद्योगको संख्या ३ हजार २३५ पुर्‍याउने समेत लक्ष्य लिएको छ ।

त्यस्तै मन्त्रालयले एक वर्षमा ९ हजार २ सय सूचना प्रविधि जनशक्ति तयार गर्ने पनि योजना राखेको छ । साथै ७५ प्रतिशत जनसंख्यामा डिजिटल साक्षरता पुर्‍याउने पनि मन्त्रालयको योजना रहेको छ ।