कीवर्डहरू -

विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विकास गरी अस्पतालमा लागु गरिने

विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विकास गरी अस्पतालमा लागु गरिने

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्री श्रेष्ठले २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।

उक्त कार्ययोजनाको १९ औं बुँदामा इेलक्ट्रोनिक हेल्थ रेकर्डिङ सिस्टम अर्थात विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विकास गरी अस्पतालमा लागु गरिने उल्लेख गरिएको छ ।

कार्ययोजनामा भनिएको छ, ‘इलेक्ट्रोनिक हेल्थ रेकर्डिङ सिस्टम’को विकास गरी प्राथमिक अस्पताल, जनरल अस्पताल, विशिष्टिकृत र अति विशिष्टिकृत अस्पतालमा लागु गरिनेछ ।’