कीवर्डहरू -

टिकटक जस्तै सुविधा भएको नेपाली एप ‘टिकदिप’

टिकटक जस्तै सुविधा भएको नेपाली एप ‘टिकदिप’

डीपीपी इन्डष्ट्री प्रालिले नेपालमा टिकटक जस्तै एप टिकदिप नामक भिडियो शेयरिङ एप संचालनमा ल्याएको छ । पछिल्लो समय नेपालमा शर्ट भिडियो शेयर प्लेटफर्म लोकप्रिय भइरहेको अवस्थामा नेपाली एप टिकदिप सञ्चालनमा आएको हो ।

यसमा १५ सेकेण्डदेखि १ मिनेटसम्म भिडियो अपलोड गर्न सकिन्छ । प्रयोगकर्ताको डेटा सुरक्षामा ध्यान दिइएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउने र प्राविधिक क्षेत्रमा अगाडि बढाउने लक्ष्यका साथ एप निर्माण गरिएको हो । टिकदिपमा भएका धेरै फिचरहरु टिकटकसँग मेल खान्छन् ।

एपलाई अझै प्रभावकारी बनाउने कम्पनीको योजना छ । हाल गूगल प्लेस्टोर मा उपलब्ध भएको यो एप १० हजार बढीले डाउनोड गरेका छन् ।