कीवर्डहरू -

विजय शाहीलाई गिरफ्तारको माग गर्दै च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डको वेबसाइट ह्याक

विजय शाहीलाई गिरफ्तारको माग गर्दै च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डको वेबसाइट ह्याक

विजय शाहीलाई गिरफ्तारको माग गर्दै च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक गरिएको छ । वर्ल्ड रेकर्डको तथ्यांक राख्दै आएको वेबसाइट च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट नेपाली ह्याकरले ह्याक गरेका हुन् ।

पछिल्लो समय विवादमा परेका विजय शाहीलाई गिरफ्तारको माग गर्दै सातान र ब्रम्हा नामक ह्याकरले च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक गरेका हुन् । सातान र ब्रम्हाले यसअघि विभिन्न नेपाली साइटहरु समेत ह्याक गरेका थिए ।

कालिकोटका विजय शाहीले आफुलाई मेमोरी किङ दावी गर्दै आएका छन् । कालिकोटका विजय शाहीले २०७६ सालमा ‘मेमोरी किङ’ विधामा विश्व रेकर्ड राखेको बताइएको थियो ।

अमेरिकी मेमोरी मास्टर नेल्सन डेलिसले केही दिन अगाडि आफ्नो युट्युबमा भिडियो राख्दै आफु विजय शाहीबाट ठगिएको बताएका थिए ।