आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिड कार्ड र मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ओपीडी टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र ईसीजी तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

 

सम्बन्धित समाचार