कीवर्डहरू -

विश्वसनीय जानकारी दिन रोयटर्स र एसोसिएटेड प्रेससँग ट्विटरको सहकार्य

विश्वसनीय जानकारी दिन रोयटर्स र एसोसिएटेड प्रेससँग ट्विटरको सहकार्य

ट्वीटरले क्युरेसनको प्रभाव बढाउन रोयटर्स र एसोसिएटेड प्रेस (एपी) सँग सहकार्य गरेको छ । क्युरेसन टिमले ट्वीटरमा विवादस्पद फिचरहरु, ट्रेन्ड र एक्सप्लोर ट्याबको बारेमा सर्वेक्षण गर्ने गर्दछ ।

यो सहकार्य पछि ट्वीटरले अझै विश्वसनीय जानकारी दिनसक्ने प्रतिबद्धता गरेको छ । यो सम्झौता पछि एप चाँडो चल्न थाल्ने र एपमा धेरै प्रासंगिक जानकारी पनि हुने कम्पनीले बताएको छ ।

सार्वजनिक रुपमा कस्ता विषयहरु छलफल भईरहेका छन् भनेर पनि ट्वीटरले हेर्छ र त्यस्ता विषयहरुको बारेमा जानकारी अझै दिने प्रयास गर्दछ ।

त्यस्तै कुन विषय गलत जानकारीको बिजको रुपमा काम गर्छ भनेर पनि पत्ता लगाएर एपले त्यस्तो विषयहरु महत्व प्रदान नगर्ने प्रयास गर्नेछ ।

सुरुमा रोयटर्स र एसोसिएटेड प्रेसले अङग्रेजी भाषाको कन्टेन्टमा सहयोग पुर्‍याउने छन् । त्यसपछि विस्तारै अरु भाषाहरुको विशलेषण पनि सुरु गरिनेछ ।