कीवर्डहरू -

गूगलले पिक्सेल सिक्समा आफ्नै प्रोसेसर प्रयोग गर्ने

गूगलले पिक्सेल सिक्समा आफ्नै प्रोसेसर प्रयोग गर्ने

गूगलले आफ्नो आगामी फोन पिक्सेल सिक्समा आफ्नै प्रोसेसर प्रयोग गर्ने भएको छ । हाल गूगलले पिक्सेल सिक्सको लागि आफ्नै टेन्सर नामक चिप निर्माण गरिरहेको छ ।

कम्पनीले पिक्सेल सिक्स फोनको पहिलो लुक पनि सार्वजनिक गरेको छ । स्मार्टफोनमा रियर क्यामेरालाई रिडाइजन गरिएको छ । हार्डवेयर पनि धेरै पक्षबाट अपग्रेड गरिएको छ ।

पिक्सेल सिक्स र पिक्सेल सिक्स प्रोका लागि टेन्सर नामक चिप कस्टोमाईज गरेर बनाइएको हो । पहिले यो चिपको नाम ह्वाईट च्यापेल रहेको थियो । महङ्गो फोनहरुले विस्तारै क्वालकम चिपलाई छोडदै गईरहेका छन् ।

एप्पलले पनि हालैमा कस्टम चिप बनाउन थालेको थियो । तर गूगलको चिप भने क्वालकमले स्न्याड्रयागनको चिप बनाउन प्रयोग गर्ने जस्तै आर्म प्रविधिमा आधारित रहेको छ । गूगल चिपको नाम टेन्सर फलो एमएल कम्पनीको नाम माथि राखिएको हो ।

टेन्सरमा गूगलको कम्प्यूटेसनल फोटोग्राफी मोडेल पनि चल्नेछ । यो सम्पूर्ण रुपले नयाँ फिचर हो र यसले क्यामेरा प्रणालीलाई परिमार्जित गर्ने जनाइएको छ ।