कीवर्डहरू -

जूम कल कसरी रेकर्ड गर्ने र अरु सहभागीहरुसँग शेयर गर्ने ? 

जूम कल कसरी रेकर्ड गर्ने र अरु सहभागीहरुसँग शेयर गर्ने ? 

महामारीको कारण धेरै जनाले भिडियो कन्फेरेन्सिङ बाट पठनपाठन तथा अध्ययन गर्नुपर्ने बाध्यता छ । जसले गर्दा जुम जस्ता भिडियो कन्फेरेन्सिङ प्लेटफर्मको प्रयोग दिनदिनै बढ्दै गइरहेको छ ।

कलमा केही महत्वपूर्ण कुराहरु पनि हुन सक्ने हुँदा कहिलेकाहीँ कल रेकर्ड गर्नुपर्ने हुन सक्छ । त्यस कारण आज हामी जूम कल कसरी रेकर्ड गर्ने र अरु सहभागीहरुसँग कसरी सेयर गर्ने भन्ने बारे जानकारी दिदैछौं ।

निःशुल्क एप प्रयोग गर्नेहरुले कल रेकर्ड कम्प्यूटरमा मात्रै स्टोर गर्न पाउनेछन् र यो फिचर जूम क्लायन्ट भर्सन २.० र विन्डोज, म्याकओएस र लाइनक्सको नयाँ भर्सनमा मात्रै उपलब्ध रहेको छ ।

भिडियो कल रेकर्ड गर्ने प्रक्रिया

सर्वप्रथम जूम डेस्कटप क्लायन्ट भर्सन डाउनलोड र इन्स्टल गर्नुपर्छ र त्यसमा लगइन गर्नुपर्छ । त्यसपछि मिटिङ होस्ट गर्ने वा भईरहेको मिटिङमा जोइन गर्नुपर्छ ।

जोइन गरेपछि स्क्रीनको माथिल्लो बायाँ भागमा रहेको रेकर्ड बटनमा थिच्ने र रेकर्ड गर्न सुरु गर्नुपर्छ । मिटिङ सकिएपछि जूमले स्वतः रुपमा फाइल सेभ गरिदिन्छ र कल सेभ भएको फोल्डर खोलिदिने गर्छ ।

कलकै बिच्चमा रेकर्डिङ रोक्न स्क्रीनको तल्लो भागमा रहेको पज वा स्टप रेकर्डिङ बटनमा थिच्नुपर्छ । रेकर्ड गरिएको भिडियो कुनै पनि मेसेज गर्ने प्लेटफर्मबाट शेयर गर्न सकिन्छ वा क्लाउडमा पनि अपलोड गर्न सकिन्छ ।