कीवर्डहरू -

एमपोस वालेटमा मात्र रिचार्जको समस्या हो, केही समयमै समाधान हुन्छ- नेपाल टेलिकम 

एमपोस वालेटमा मात्र रिचार्जको समस्या हो, केही समयमै समाधान हुन्छ- नेपाल टेलिकम 

बिहीबार विहानदेखि नेपाल टेलिकमबाट मोबाइल वालेटमा रिचार्ज नहुने समस्या आएको भन्दै केही समयमा सामाधान हुने नेपाल टेलिकमले जनाएको छ ।

एमपोस वालेट र बैंकिहरुमा हुने रिचार्जमा मात्र समस्या देखिएकोले यसको समाधान गर्न टेलिकम टिम लागेको सहप्रवक्ता रन्जित लोहनीले बताए ।

‘एमपोस वालेटको रिचार्ज र बैंकहरुबाट हुने रिचार्जमा मात्र समस्या देखिएको हो,’ लोहनीले भने, ‘अन्य मोबाइलमा हुने रिचार्जमा कुनै समस्या छैन ।’ कार्डहरुबाट रिचार्ज भइरहेको उनले बताए ।

यो सिस्टमको समस्या नभएर कम्युनिकेसन नेटवर्कको समस्या भएको उनले बताए ।
‘भित्र र बाहिरको नेटवर्क कम्युनिकेसनकोबीचमा समस्या हुदा रिचार्ज नभएको हो,’ उनले भने, ‘सिस्टमको कुनै समस्या छैन । केही समयमा समाधान हुन्छ।’

मोबाइल वालेटहरुमा  रिचार्ज समस्या हुदा अनलाइन भुक्तानीमा प्रभाव परेको छ ।

बिहीबार विहान ६ बजेदेखि वालेटहरुमा रिचार्जको समस्या देखिएको हो । इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले विहान ६ बजेदेखि यस्तो समस्या आएको बताए ।
वालेटहरुमा रिचार्ज नभएपछि अनलाइन भुक्तानी प्रभावित भएको छ ।