कीवर्डहरू -

ओपोले सार्वजनिक गर्‍यो स्मार्टर फ्ल्याश चार्जिंग प्रविधि 

ओपोले सार्वजनिक गर्‍यो स्मार्टर फ्ल्याश चार्जिंग प्रविधि 

ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्याश चार्जिंग ?’ ओपो फ्ल्याश चार्ज ओपन डेको आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत कम्पनीले फास्ट चार्ज प्रविधि अन्तर्गत आफ्ना नौला उपलब्धिहरु तथा फ्ल्याश चार्ज टेक्नोलोजी सोलुसन मातहतका विकासहरु प्रस्तुत गरेको थियो ।

‘ओपोको भोक फ्ल्याश चार्ज प्रविधिको विकास, चार्जिंग एडेप्टर, चार्जिंग केबल, पीएमआईसी, ब्याट्री लगायत कम्पनीद्वारा प्रतिपादित नवप्रबर्तनको उपज हो,’ ओपो भोक फ्ल्याश चार्ज प्रविधिका चिफ साईन्टिष्ट जेफ च्यांगले भने, ‘उपभोक्ताको छनोट तार वाला होस् वा तार रहित, भोक फ्ल्याश चार्ज प्रविधिले अब विद्युतिय उपकरणहरु चार्ज गर्ने सवालमा कठिन भन्दा कठिन अवस्थामा समेत उपभोक्ताका अधिकतम माग सम्बोधन गर्ने क्षमता राख्छ ।’

ओपोले भोक फ्ल्याश चार्ज प्रविधिलाई अझ सुरक्षित बनाउन फाईभ—फोल्ड सेफ्टी प्रोटेक्शन प्रणालीको प्रतिपादन गरेको हो । ओप्पोले थप नवप्रबर्तन भित्र्याउन एआई अल्गोरिदम, नयाँ धातु, चार्जिंग आर्किटेक्चर्स लगायत अन्य कारकहरु माथि समेत अन्वेषणलाई निरन्तरता दिइरहेको छ ।

ओपोले कार्यक्रम मार्फत आफ्नो नयाँ स्मार्ट चार्जिंग प्रविधिको पनि अनावरण गरेको थियो । चार्जिंगको गतिलाई अधिकतम सुरक्षित रेञ्जमा राख्ने कार्यमा सघाउन विशेषरुपमा डिजाइन गरिएको यो प्रविधिले चार्जिंग अवस्थाको बोद्विक पहिचान गरी चार्जिंग करेन्टको समायोजन गर्छ ।

यसले अस्वभाविक रुपमा ब्याट्रीको आयूमा ह्रास आउने प्रक्रियामा न्यूनिकरण ल्याउने कार्यमा सघाउँदै उपभोक्तालाई लामो अवधिसम्म इष्टतम ब्याट्री आयूबाट फाइदा लिन सघाउँने कम्पनीले जनाएको छ ।

ओपोका अनुसार स्मार्ट चार्जिंग प्रविधिले ब्याट्रीको दिर्घायु, विशेष परिस्थितीमा समेत सुदृढ चार्जिंग गति प्रदान गर्ने, चार्जिंगको गति नियन्त्रण गर्दै उपकरणलाई तात्नबाट जोगाउने लगायत सुविधा प्रदान गर्दै ब्याट्रीको परफरमेन्समा उल्लेखनिय सुधार गर्नेछ ।