कीवर्डहरू -

अन्डर स्क्रीन क्यामेरा भएको स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

अन्डर स्क्रीन क्यामेरा भएको स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

ओप्पोको अन्डर स्क्रीन क्यामेरा भएको स्मार्टफोन ल्याउने भएको छ । अहिलेसम्म अन्डर स्क्रीन क्यामेरा भएको जेडटीई एक्सन २० फाइभ जी नामक स्मार्टफोन मात्रै रहेको थियो ।

भिभो, साओमी जस्ता कम्पनीहरुले पनि यो प्रविधिमा काम गरिरहेका छनन् । सुरुमा जेडटीईले अन्डर स्क्रीन क्यामेराका लागि एकदमै आलोचना भोग्नु परेको थियो तर त्यतिखेर जेडटीईले त्यो एक्सन ३० फाइभ जीको परिमार्जित भर्सन भएको बताएको थियो । यसै आधारमा ओप्पोले पनि अन्डर स्क्रीन क्यामेरा भएको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले अन्डर स्क्रीन क्यामेराबाट खिचिएको स्याम्पल तस्बीर पनि सार्वजनिक गरेको छ र तस्बीर एकदमै सफा र राम्रो देखिएको छ । अन्डर डिस्प्ले क्यामेराले राम्रो फोटो खिच्न सक्ने कम्पनीको दावी छ । अन्डर स्क्रीन क्यामेरामा राम्रो एआई ट्रिक र डिस्प्ले सक्रियुट्ररी प्रयोग गरिएको छ ।

ओप्पोले हजारौँ फोटोहरु प्रयोग गरी आफ्नो एआईलाई प्रशिक्षित गरेको बताएको छ । डिस्प्ले प्यानेलमा पनि केही सुधार ल्याइएको छ । यो प्रयोगमा कहिले आउँछ भन्ने बारे ओप्पोले केही पनि बताएको छैन् ।