कीवर्डहरू -

फर्च्युन ग्लोबलको ३३८ औं स्थानमा साओमी

फर्च्युन ग्लोबलको ३३८ औं स्थानमा साओमी

साओमी सन् २०२१ को फर्च्युन र्याङ्किङमा ३३८ औँ स्थानमा उक्लिएको छ । लगातार तेस्रो वर्ष फर्च्युन ग्लोबल ५०० को सूचीमा परेको हो ।

साओमी २०२० मा ४२२ औं स्थानमा रहेको थियो । २०२१ को र्याङ्किङले इन्टरनेट र रिटेल श्रेणीमा सबैभन्दा छिटो बृद्धि गर्ने कम्पनीको रुपमा स्थापित गरेको बताइएको छ ।

साओमीका संस्थापक अध्यक्ष तथा सीईओ लेई जुनले शाओमीलाई मानिसहरुले भविष्यमा अझ एक बलियो, अधिक शक्तिशाली भएको देख्न पाउने बताए । उनले अर्को वर्ष फर्च्युन ग्लोबल ५०० को सूचीमा धेरै उत्कृष्ट रेकर्ड हासिल गर्ने बताए ।