कीवर्डहरू -

कार्यस्थलमा लैगिंक असमानता भएको एप्पलकी वरिष्ठ कर्मचारीको आरोप

कार्यस्थलमा लैगिंक असमानता भएको एप्पलकी वरिष्ठ कर्मचारीको आरोप

एप्पलकी वरिष्ठ कर्मचारी आस्ले जिजोभीकले कार्यस्थलमा लैगिंक असमानता भएको आरोप लगाएकी छिन् । ट्वीट गर्दै उनले एप्पलमाथि लैंगिक असमानताको  आरोप लगाएकी थिइन् ।

उनको उक्त ट्वीट पछि एप्पलले उनलाई अनिश्चित भुक्तानी बिदामा राखिदिएको छ । आस्ले जिजोभीक एप्पलमा वरिष्ठ इन्जिनियरिङ प्रोग्राम म्यानेजरको रूपमा कार्यरत थिइन् ।

उनले पटक पटक आफ्नो काम गरेको ठाउँको असुरक्षित वातावरणको बारेमा आवाज उठाईरहेकी थिइन् । कम्पनीले उनको आरोपका अनुसार कुनै पनि कारबाही नगरेको पाइएको छ । उनीले स्ल्याकमा पटकपटक आफ्नो कुरा राख्दा कम्पनीले उनलाई स्लयाकबाट पनि हटाईदिएको उनले बताएकी छिन् ।

महिलालाई हरेक कार्यहरुमा दमन गर्न खोजिएको उनले अनुभव साटेकी छिन् । उनले महिला उत्पीडन र महिला सहयोगमा सन् २०१८ मा कम्पनीमा अग्रसर रुपले पहल गरेकी थिइन तर कम्पनीले त्यो महत्व विषय नभएको मानेको थियो । अब एप्पलले यो विषयमा गहन रुपले छानबिन गर्ने प्रतिबद्धता गरेको छ ।