कीवर्डहरू -

राष्ट्रिय आविष्कार केन्द्रलाई टेल्जी इलेक्ट्रिक स्कुटर हस्तान्तरण

राष्ट्रिय आविष्कार केन्द्रलाई टेल्जी इलेक्ट्रिक स्कुटर हस्तान्तरण

टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । टेल्जी इलेक्ट्रिक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता योम मा इ नेपालले आफ्नो स्थापनाको एक वर्ष पुरा गरेको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर प्रदान गरेको हो ।

गत वर्षको लकडाउनका बीच नेपाली बजारमा इलेक्ट्रिक स्कुटर टेल्जीको आधिकारिक बिक्री सुरु गरेको कम्पनीले पहिलो वर्ष कोरोनाको महामारीकै बीच पनि लक्ष्य अनुरुप इलक्ट्रिक स्कुटरको बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ ।

यो स्कुटर सिक्न र अनुसन्धान गर्न चाहनेलाई उपयोगी हुने राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताए ।