कीवर्डहरू -

ह्वावेले सार्वजनिक गर्यो एन्ड्रोइड र गुगल नभएको पहिलो स्मार्टफोन

ह्वावेले सार्वजनिक गर्यो एन्ड्रोइड र गुगल नभएको पहिलो स्मार्टफोन

अमेरिकाले विभिन्न सुरक्षाका कारण देखाउँदै ह्वावेमाथि प्रतिबन्ध लगायो । जसले गर्दा ह्वावेका मोबाइलमा गुगलको अपरेरिङ सिस्टम एन्ड्रोइडओस नचल्ने भयो ।

आफ्ना मोबाइलमा एन्ड्रोइडओस नचल्ने भएपछि ह्वावेले पनि आफ्नै अपरेरिङ सिस्टम बनाउने घोषणा गर्यो । जसअनुसार ह्वावेले जुन २ मा औपचारिक रुपमा हार्मोनीओस २ सार्वजनिक गरेको थियो ।

हार्मोनिओएस सार्वजनिक गरेसँगै ह्वावेका मोबाइलमा यसको अपग्रेड तीव्र रुपमा बढेको छ । अब ह्वावेले पहिलाको मोबाइलमा आफ्नै अपरेटि सिस्टम अपग्रेड गर्नेमात्र होइन हार्मोनिओस अपरेटिङ सिस्टम भएको आफ्नै मोबाइल उत्पादन सुरु गरेको छ । जसमा एन्ड्रोइड र गुगलका सेवाहरु समावेश गरिएको छ ।

उक्त स्मार्टफोन हो पि ५० । ह्वावेले जुलाई २९ मा बुहप्रतिशिक्षत स्मार्टफोन पि ५० सार्वजनिक गरेको थियो । जुन बनाउँदा नै हार्मोनिओस अपरेटिङ सिस्टम राखिएको थियो । यो चीनमा नै पहिलो मोबाइल हो जसमा पहिलो पटक एन्ड्रोइड र गुगल सेवा राखिएको छैन ।

अब ह्वावेले आफ्नै हार्मोनिओस अपरेटि सिस्टम भएको मोबाइल उत्पादन गर्नेछ । जुनमा एन्ड्रोइड र गुगल चल्नेछैन ।