कीवर्डहरू -

टर्कसेल र चाइना मोबाइल झेजियाङ्गसँग ह्वावेले सम्पन्न गर्‍यो ८०० जीको लाईभ परीक्षण 

टर्कसेल र चाइना मोबाइल झेजियाङ्गसँग ह्वावेले सम्पन्न गर्‍यो ८०० जीको लाईभ परीक्षण 

ह्वावेले लाइभ नेटवर्कमा दुई वटा ८०० जीको परीक्षण पूरा गरेको छ । ह्वावेले एउटा चाहिँ टर्कसेल र अर्को भने चाइना मोबाइल झेजियाङ्गसंग परीक्षण गरेको हो ।

यो घोषणा ह्वावेले फेब्रुअरी २०२० को अन्त्यतिर ८००G ट्युनेबल अप्टिकल मोड्युलको प्रक्षेपण पश्चात गरेको थियो । टर्कसेल परीक्षण इस्तानबुलमा रहेको दुई डाटा केन्द्रहरु बीच ह्वावेको अल्ट्रा–हाई–स्पीड सर्भिस प्रोसेसिङ बोर्डहरुको प्रयोग गरी भएको थियो जसले २००जीदेखि ८०० जीको विभिन्न मोड्युलेसन ढाँचाको प्रोग्रामयोग्य र फराकिलो समायोजनको समर्थन गर्दछ ।

च्यानल–म्याच सेपिंग (सीएमएस) टेक्नोलोजी, द लेटेस्ट फास्टर द्यान निक्युइस्ट (एफटिएन) एल्गोरिथ्म प्रणाली र एआई न्यूरन प्रकार्य मोड्युलको उपयोग गरेर प्रणालीले प्रत्यक्ष नेटवर्कमा जटिल लिंक वातावरणको रियल टाइममा निगरानी गर्न छिटो र स्वचालित रूपबाट सिक्न र नेटवर्क ट्रान्समिसन पर्फर्मान्स अप्टिमाइज गर्न सक्दछ ।

यसले ४८ टिबीपीएसको एकल–फाइबर क्षमता प्राप्त गर्दै अप्टिमल स्पेक्टरल दक्षता र ट्रान्समिसन पर्फर्मान्स सुनिश्चित गर्दछ । परीक्षणले लाईभ नेटवर्कको ४०० जी अल्ट्रा–लंग–हाउल प्रसारण क्षमतालाई पुष्टि गर्दछ जसले इस्तांबुलबाट अंकारासम्म १०४० किमी अपरिवर्तित ट्रान्समिसन गर्न सक्छ ।

टर्कसेलका सीटीओ गेडिज सेजगिनले विद्यमान टेक्नोलोजीलाई सुदृढ पार्न र हाम्रा नेटवर्कहरुलाई उत्कृष्ट फाइभजी प्रयोगकर्ता अनुभवको लागि तयारीको लागि हाम्रो पूर्वाधारमा लगानी जारी राख्ने बताए ।
उनले भने, ‘फाइभजी युगमा भर्चुअल रियालिटी एप्लिकेसन, अटोनोमस ड्राइभिङ्ग र स्मार्टसिटी डिजिटल क्षेत्रहरु मुख्य आधार हुनेछन् ।’

त्यस्तै ह्वावेका ट्रान्समिशन नेटवर्क डोमेनका अध्यक्ष सिमोन लुले टर्कसेलसँग काम गर्न र लाइभ नेटवर्कमा ८००जी डब्लुडिएम परीक्षण पूरा गर्न पाउँदा खुसी लागेको बताए ।

यसले अल्ट्रा–हाई–स्पीड अप्टिकल ट्रान्समिशन क्षेत्रमा ह्वावेको नेतृत्वलाई प्रमाणित गर्दछ । ह्वावे हाई–स्पीड अप्टिकल प्रसारणमा आफ्नो रणनीतिक लगानी र इनोभेसनलाई कायम राख्ने छ,’ उनले भने, ‘विश्वभरमा ग्राहकहरुको लागि उच्च गुणस्तरीय, भरपर्दो र विकसित सोलुसन प्रदान गर्नेछ ।’

केहि दिन पहिले चाइना मोबाइल (झेजियाङ्ग) ले ह्वावेको ८०० जी ट्युन गर्न मिल्ने अल्ट्रा–हाई–स्पीड अप्टिकल मोड्युलको परीक्षण गरेको थियो । यसले ब्यान्डविड्थ र वेभलेन्थ स्पेसिंग समायोजनको समर्थन गर्दछ । ८० किमीको दूरीमा दुई डाटा केन्द्रहरु परीक्षणको क्रममा प्रयोगमा आएका थिए ।