कीवर्डहरू -

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचर, चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न‍े

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचर, चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न‍े

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचरले चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न दिने भएको छ । यो फिचरलाई इन्स्टाग्रामले लिमिट र हिडन वर्ड नाम दिएको छ । यसले ट्रेन्डिङ  पोस्टहरुमा घृणा र उत्पीडन गर्ने खालको कमेन्टहरुलाई कम गर्ने कम्पनीले विश्वास गरेको छ ।

यो अपडेट प्रयोगकर्ताहरुलाई उत्पीडन गर्ने खालको कन्टेन्ट, समलिगींलाई घृणा गर्ने खालको कन्टेन्ट र लिगं भेद गर्ने खालको नराम्रा कन्टेन्टहरु आफ्नो डिएम र कमेन्टमा नहेर्नुपरोस भनेर ल्याइएको हो । एपले कसैले आपत्तिजनक सामाग्री हाल्न लाग्दा चेतावनी दिनेछ र पोस्ट गर्न पनि नदिने भएको छ ।

क्रियटरहरुले सम्पूर्ण रुपमा कमेन्ट बन्द गर्न नचाहने हुँदा यो फिचर एकदमै महत्वपूर्ण ठहरिनेछ । लिमिट फिचरले तपाईको लामो समयदेखिको प्रयोगकर्ताहरुबाट सुन्नलाई मद्दत पुर्‍याउनेछ र ट्रोलहरुलाई रोक पनि लगाउनेछ ।

अर्काे फिचर हिडन वर्डसले डिएम रिक्वेस्टमा अपमानजनक सन्देशहरु फिल्टर गर्ने गर्दछ । कुनै फिल्टर वर्ड भएको डिएम रिक्वेस्ट आफै हिडन फोल्डरमा जाने गर्दछ । यस्तो फिचरले क्रियटरहरुलाई नराम्रो शब्द र उत्पीडन गर्ने खालको कन्टेन्टहरुबाट धेरै हदसम्म जोगाउने बताएको छ ।