कीवर्डहरू -

साओमीले बनायो ‘साइबर डग’ रोबोट

साओमीले बनायो ‘साइबर डग’ रोबोट

साओमीले आफ्नै रोबोट कुकुर बनाएको छ । यसलाई साओमीले साइबर डग नाम दिएको छ । यो ओपन सोर्स रोबोट हो र यसलाई थप अरु परिमार्जन र एप बनाउन विकासकर्ताहरुलाई साओमीले आह्वान गरेको छ ।

यो डिभाईस बोस्टन डाईनामिक्सको स्पट जस्तै देखिने गर्दछ । यो रोबोट नेटसन जेभियर एनएक्स नामक विश्वकै सबैभन्दा सानो एआई सुपर कम्प्यूटरले चल्ने गर्दछ ।

साइबरडगमा ११ ओटा सेन्सर राखिएको छ जसमा टच र अल्ट्रासोनिक सेन्सर, क्यामेरा र जिपिएस जस्ता सेन्सर रहेका छन् । यसले रोबोटलाई वातावरणसँग अन्तरक्रिया गर्न अझै सहज बनाउनेछ ।

साईबरडगको प्रविधिले रोबोटलाई आफै हिडन र कुनै समस्या आएमा बाँन दिन्छ । यो रोबोटले मान्छेको अनुहार र आसनको अवस्था ट्रयाक गर्न सक्नेछ । यसलाई परिमार्जन र एप बनाउन विकासकर्ताहरुले एउटा रोबोट पाउनक १,५४० डलर तिर्नुपर्ने हुन्छ ।