कीवर्डहरू -

टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन

टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समितिकी सभापति कल्याणी कुमारी खड्काले समितिका सदस्यबाट आएको सल्लाह सुझाव ध्यानमा राख्दै टेलिफोन र इन्टरनेट सेवा चाँडोभन्दा चाँडो भरपर्दो बनाउन मन्त्रालयलाई निर्देशन दिएकी हुन् ।

त्यस्तै समितिले मोबाइलबाट हुने अवैध कार्य रोक्ने प्रक्रिया प्रभावकारीरुपमा कार्यान्वयन गर्न समेत मन्त्रालयको ध्यानाकर्षण गरेको छ । समितिले हुलाक सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन पनि निर्देशन दिएको छ ।