कीवर्डहरू -

सामसङको अनप्याक्ड इभेन्टमा के के भए सार्वजनिक ?

सामसङको अनप्याक्ड इभेन्टमा के के  भए सार्वजनिक ?

सामसङले हिजो अनप्याक्ड इभेन्ट आयोजना गरेको थियो । उक्त अनप्याक्ड इभेन्टमा सामसङले नयाँ नयाँ प्रडक्ट सार्वजनिक गर्ने गर्दछ ।

कम्पनीले अगस्ट ११ अर्थात हिजो आयोजना गरेको आफ्नो अनप्याक्ड इभेन्टमा चार ओटा डिभाइस सार्वजनिक गरेको छ । इभेन्टबाट कम्पनीले स्मार्टफोन, स्मार्टवाच र ग्यालेक्सी बड सार्वजनिक गरेको छ ।

१. ग्यालेक्सी जेड फोल्ड थ्री

\"\"

ग्यालेक्सी जेड फोल्ड थ्री अनप्याक्ड इभेन्टमा सार्वजनिक भएको छ । यसमा अन्डर डिस्प्ले क्यामेरा राखिएको छ । यो पुरानो ट्याबलेट जस्तो देखिन्छ किनभने ध्यान दिएर नहेरेसम्म क्यामेराको ठाउँ नदेखिने हुन्छ ।

यसमा सामसङको एसपेन स्टाइलस पनि प्रयोग गर्न सकिने छ । कम्पनीले ग्यालेक्सी जेड फोल्ड थ्रीमा एसपेन स्टाइलस प्रयोग गर्न मिल्ने बनाउनका लागि धेरै मिहिनेत गरेको बनाएको छ ।

यसको स्क्रीन प्रोटेक्टरलाई कम्पनीले ८० प्रतिशतले शक्तिशाली बनाएको छ । यसलाईकम्पनीले १८०० डलरमा विक्री गर्ने भएको छ । यो अगस्त २७ देखि विक्रीमा जानेछ ।

२. सामसङ ग्यालेक्सी जेड फ्लिप ३ स्मार्टफोन

\"\"

सामसङले इभेन्टमा नेक्स्ट जेनेरेसन फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी अनप्याक्ड इभेन्टमा सामसङ ग्यालेक्सी जेड फ्लिप ३ स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ६.९० इन्च टचस्क्रीन प्राइमरी डिस्प्ले हुने बताइएको छ । फोनमा १२ मेगापिक्सेलको प्राइमरी क्यामेरा हुनेछ ।

यसमा ३ वटा रियर क्यामेरा छन् ।  सामसङ ग्यालेक्सी जेड फ्लिप ३ एन्ड्रोइडमा आधारित फोन हुनेछ । फोनमा स्न्याड्रयागन ८८८ प्रोससर प्रयोग गरिएको छ ।

जेड फ्लिप ३ मा इनडिस्प्ले फिंगरप्रिन्ट, वाईफाई, जीपीएस, ब्लुटुथको सुविधा पनि हुनेछ । यो अगस्त २७ मा सार्वजनिक हनेछ र यसको १००० डलर पर्ने बताइएको छ ।

३. ग्यालेक्सी वाच फोर र वाच फोर क्लासिक

\"\"

सामसङ्को ग्यालेक्सी वाच फोर र वाच फोर क्लासिक वेयर ओएस भन्दा टाइजेनसँग मिल्ने गर्दछ । सामसङले शरीरको फ्याट प्रतिशत मापन गर्न सक्ने थ्री इन वान बायोएक्टीभ सेन्सर पनि राखेको छ ।

यसमा नयाँ ५ न्यानोमिटरको प्रोसेसर र ५० प्रतिशत बडि र्याम पनि हुनेछ । यसले घडीलाई फास्ट बनाउनेछ । ग्यालेक्सी वाच फोरको २४९ डलर पर्नेछ भने वाच फोर क्लासिकको ३४९ डलर पर्नेछ । यो पनि अगस्त २७ देखि उपलब्ध हुनेछ ।

४. ग्यालेक्सी बड २

\"\"

सामसङको ग्यालेक्सी बड २ अझै रङ्गिन डिजाइनमा आउने छ । यो ग्यालेक्सी बड सिरिजकै निरन्तरता रहेको कम्पनीले जनाएको छ । यो धेरै अपडेटहरुका साथमा आउने भएको छ । पहिले बडमा दुई ओटा रङ्गको टोन मिश्रण भएको आउने गर्दथ्यो तर अब यो सिङ्गल ह्यु डिजाइनमा आउने छ ।

यसमा एनएन्सी फिचर हुने भएकाले तीन ओटा एमबीयन्ट साउण्ड हुने बताइएको छ । ग्यालेक्सी बड २ को चार्ज गर्ने बट्टा पिक्सेल बड एको जस्तै हुनेछ जुन बाहिर सेतो र भित्र आफूलाई मनपर्ने रङ्गको हुने गर्दछ ।

यसमा सक्रिय नोइज रिडक्सन हुनेछ तर नोइज क्यान्सिलेसनको फिचर हुँदैन् । यसले कल वा गीतहरुको स्पष्टता बढाउने गर्दछ । ग्यालेक्सी बड २ को १५० डलर पर्ने कम्पनीले बताएको छ ।