कीवर्डहरू -

जूमले सार्वजनिक गर्‍यो नयाँ फिचर फोकस मोड

जूमले सार्वजनिक गर्‍यो नयाँ फिचर फोकस मोड

जूममा नयाँ सुविधा फोकस मोड उपलब्ध भएको छ । यसले विद्यार्थीहरुलाई अनलाइन कक्षाको बेला पढाइमा ध्यान दिन मद्दत पुर्‍याउनेछ ।

फोकस मोडले अरु सहभागीहरुलाई भिडियो वा स्क्रीन सेयर हेर्नबाट रोक लगाउँछ तर होस्टले भने सबैको वेबक्याम हेर्न सक्नेछन् । यसको केही फिचर वेबिनार मोड जस्तै रहेको छ । शिक्षकले प्रेजेन्टेसनको समयमा फोकस मोड अन गरिदिन सक्छन् र क्लासमा छलफलको समयमा फोकस मोडलाई अफ गर्न सकिन्छ ।

यो मोड निःशुल्क अकाउन्टहरुका लागि पनि उपलब्ध हुनेछ । यो फिचरमा सहभागीले आफ्नो भिडियो र स्पटलाईट गरिएको स्क्रीन सेयर हर्न सक्नेछन् । त्यस्तै सहभागीको नाम र कुनै ईमोजी रियाक्सनलाई पनि उनीहरुले हेर्न सक्नेछन् ।