कीवर्डहरू -

विद्युतीय भुक्तानीको सीमा पुनरावलोकन हुने, भुक्तानी सेवा प्रदायक र सञ्चालकको दायरा बढ्यो

विद्युतीय भुक्तानीको सीमा पुनरावलोकन हुने, भुक्तानी सेवा प्रदायक र सञ्चालकको दायरा बढ्यो

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीम पुनरावलोकन गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले विद्युती भुक्तानीको सीमा पुनरावलोकन गरिने बताएको हो ।

नीतिमा भनिएको छ, ‘विद्युतीय भुक्तानीको कारोबार प्रवर्द्धनका लागि विभिन्न माध्यमहरूमा हुने भुक्तानी कारोबारको सीमा पुनरावलोकन गरिने उल्लेख गरेको छ । साथै विद्युतीय भुक्तानी कारोबारमा लाग्ने शुल्कलाई उपयुक्त स्तरमा कायम गर्न नीतिगत व्यवस्था गरिने छ ।’

त्यस्तै राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र भुक्तानी सेवा सञ्चालक संस्थाहरूको कारोबार दायरा बढाइ लघुवित्त वित्तिय संस्था र सहकारीका ग्राहक समक्ष समेत विद्युतीय भुक्तानीको सेवा पुर्‍याउन प्रोत्साहन गरिने जनाएको छ ।