कीवर्डहरू -

नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइने

नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइने

नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याउने बताएको हो ।

नीतिमा भनिएको छ, ‘नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याउन राष्ट्रिय भुक्तानी स्वीच स्थापनाको कार्य सम्पन्न गरिनेछ ।’

विद्युतीय भुक्तानीका उपकरणहरूबीच अन्तरआवद्धता कायम गर्दै नेपालभित्र हुने भुक्तानी कारोबारहरुको राफसाफ तथा अभिलेखिकरण गर्न स्वीच स्थापनाको कार्य सम्पन्न गरिने छ ।