कीवर्डहरू -

महालक्ष्मी विकास बैंकले इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स सेवा दिने

महालक्ष्मी विकास बैंकले इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स सेवा दिने

महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने भएको छ । बैंकले ग्राहकलाई इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स सेवा उपलब्ध गराउने भएको हो ।

बैंकले उक्त सेवाका लागि इसेवा मनि ट्रान्सफरसँंग सम्झौता गरेको छ । सम्झौतामा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इसेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरूसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।