कीवर्डहरू -

ला लिगा फुटबल लिग प्रसारण गर्दै डिशहोम

ला लिगा फुटबल लिग प्रसारण गर्दै डिशहोम

ला लिगा फुटबल लिग सिजन २०२१–२२ नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक डिशहोमले प्रसारण गर्ने भएको छ ।

स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टीभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ ।

हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा प्रसारण हुनेछ ।

डिशहोमका ग्राहकहरुले २ हजारको सिजन टिकट किनेर एक्सन स्पोर्टस एचडी २ मा लिग अवधिभर सञ्चालन हुने खेलहरु हेर्न सक्नेछन् ।

डिशहोमका मल्टि टीभीका ग्राहकहरुले अतिरिक्त सेटटप बक्समा पनि एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप २ हजारको सिजन टिकट खरिद गर्नुपर्ने हुन्छ ।

डिशहोमको ग्राहकहरुले ला लिगाको सिजन टिकट खरिद गर्न तथा थप जानकारीका लागि नेपाल टेलिकमका प्रयोगकर्ताले टोल फ्री नम्बर १६०६० ०१ २२००० र एनसेल तथा अन्य नेटवर्क प्रयोगकर्ताहरुले ९८०११५५००० वा ०१ ४२१७६६६ मा आजै देखि सम्पर्क गर्न सक्नेछन् ।

ला लिगाको सिजन टिकट छिटै सिम टीभी, प्रभु टीभी र डिशहोमको ओटीटी (डिशहोम गो) मार्फत पनि उपलब्ध हुने डिशहमले जनाएको छ ।

बार्सिलोना, रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, भ्यालेन्सीया जस्ता संसारकै उत्कृष्ट क्लबहरु खेल्ने र सबैभन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक ला लिगाको चर्चा तथा लोकप्रियता नेपालमा पनि राम्रै रहेको छ ।

नेपालको पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टसले यस अघि पनि फिफा वर्ल्ड  २०१८, युरो २०२० र कोपा अमेरिका २०२१ जस्ता लोकप्रिय तथा विश्वस्तरिय प्रतियोगीताहरु सफलतापूर्वक प्रशारण गरिसकेको छ ।