कीवर्डहरू -

एप्पलले एलटीई पेटेन्ट विवादमा ३५ अर्ब ६४ करोड जरिवाना तिर्नुपर्ने

एप्पलले एलटीई पेटेन्ट विवादमा ३५ अर्ब ६४ करोड जरिवाना तिर्नुपर्ने

एप्पलले एलटीई पेटेन्ट विवादमा ३०० मिलियन डलर अर्थात ३५ अर्ब ६४ करोड ४२ लाख रूपैयाँ जरिवाना तिनुपर्ने भएको छ । एप्पलले वायरलेस प्रविधि प्रयोग गरिरहनका लागि यो जरिवाना तिर्नुपर्ने भएको हो । ब्लुमबर्ग र द रेजिस्टरका अनुसार टेक्ससको जुरीले एप्पलले अप्टीस नामक पेटेन्ट फर्मलाई ३०० मिलियन डलर तिर्नुपर्ने भएको छ ।

एप्पलले आईफोन र आईप्याड जस्ता डिभाइसमा एलटीई सेलुलर सेवाको पेटेन्ट विरुद्ध काम गरेकाले जरिवाना तिर्नुपरेको बताइएको छ । अप्टिसको पेटेन्ट एलजी, पानासोनिक र सामसङ जस्ता कम्पनीहरुसँग पनि रहेको छ । एप्पलले पनि यो मुद्दा आफ्नो तर्फबाट लडिरहने र सकभर पैसा नदिने बताएको छ ।

अप्टिसले पटकपटक अनावश्यक कारण पैसा मागिरहेको एप्पलले आरोप लगाएको छ । तर यो रकम एप्पललाई दिन खासै गाह्रो भने हुने छैन् किनभने यही त्रैमासिकमा मात्रै एप्पलले २१.७ बिलियन आम्दानी गरेको छ ।