कीवर्डहरू -

टिकटकको जस्तै भिडियो फिड फिचर अब रेडिटमा

टिकटकको जस्तै भिडियो फिड फिचर अब रेडिटमा

रेडिटको आईओएस एपमा अब टिकटक जस्तै भिडियो फिडको फिचर उपलब्ध भएको छ । एपमा स्वाइप गर्न मिल्ने भिडियो कलेक्सन रहेको छ, जुन सब्सक्राइब गरेको सब रेडिटमा पनि आउने गर्दछ । अरु सम्बन्धित पोस्टहरुमा पनि आउने गर्दछ ।

अरु पोस्ट जसरीनै यसमा पनि प्रयोगकर्ताहरुले अपभोट, डाउनभोट, कमेन्ट र गिफ्ट पठाउन सक्नेछन् । यसको आधारभूत भर्सन पहिले पनि एपमा उपलब्ध रहेको थियो तर त्यो कुनै भिडियो क्लिक गरेपछि मात्रै आउने गर्दथ्यो ।

यसले अझै धेरै प्रयोगकर्तालाई एपमा ल्याउने कम्पनीले विश्वास गरेको छ । एपले प्रयोगकर्ताहरुलाई एकतावद्ध अनुभव प्रदान गर्न यो फिचर ल्याएको हो । यो फिचर रेडिटले केही प्रयोगकर्तालाई जुलाईमै उपलब्ध गराएको थियो ।

कम्पनीले एन्ड्रोइड भर्सनमा भिडियो फिडको फिचर कहिले आउँछ त्यो भने बताएको छैन् । रेडिटले डिसेम्बर २०२० मा टिकटकको प्रतिस्पर्धी कम्पनी डबस्म्यास पनि खरिद गरेको थियो । पछिल्लो समय भिडियो फरम्याटको प्रयोग एकदमै बढ्दै गएकाले रेडिटले पनि यो फिचर ल्याएको हो ।