कीवर्डहरू -

एन्ड्रोइड १२ बेटा फिचर, अनुहारले नै फोन चलाउन सकिने

एन्ड्रोइड १२ बेटा फिचर, अनुहारले नै फोन चलाउन सकिने

एन्ड्रोइड १२ बेटा फिचरमा अनुहारले नै फोन चलाउन सकिने भएको छ । गूगलले एपिआई ल्याएको छ जसले विकासकर्ताहरुलाई अपाङ्गता भएको मान्छेहरुका लागि टूल बनाउनका लागि आह्वान गरेको छ ।

एन्ड्रोइड १२ बेटा फिचर हालैमा पिक्सेल डिभाईसमा उपलब्ध भएको छ । यसमा ‘क्यामेरा स्वीच’ भन्ने फिचर पनि रहेको छ जसले अनुहारको इशाराको भरमा थुप्रै कामहरु गर्न दिन्छ । तपाईले मुस्कुराउनु भयो वा आँखीभौँलाई उठाउनुभयो भने नोटिफिकेसन प्यानल वा क्वीक सेटिङ्ग खुल्ने गर्दछ ।

तपाईले आफ्नो मुख खोलेर पनि स्क्रोल फरवार्ड वा व्याकवार्ड गर्न सकिन्छ । एन्ड्रोइड १२ बेटामा ६ ओटा इशाराले थुप्रै फोन कन्ट्रोल गर्न सकिने व्यवस्था रहेको छ । यो फिचर एन्ड्रोइड एक्सेसीबिल्टी सुटको स्वीच एक्सेसमा रहेको फिचर हो ।

यो फिचर प्रयोगकर्ताले किबोर्ड, यूएसबी वा ब्लुटूथ कनेक्सनको मद्दतले पनि चलाउन सकिन्छ । मान्छे अहिलेसम्म फोन अनलक मात्रै अनुहारको मद्दतले गरिरहेका थए तर अब फोननै पनि सञ्चालन गर्न सकिने भएको छ ।