कीवर्डहरू -

मोटोरोलाको राजर फोनमा अब एन्ड्रोइड ११ उपलब्ध

मोटोरोलाको राजर फोनमा अब एन्ड्रोइड ११ उपलब्ध

मोटोरोलाले पहिलो जेनेरेसनको फोल्डेबल राजर फोनमा एन्ड्रोइड ११ अपडेट उपलब्ध भएको छ । कम्पनीले २०१९ को राजरका लागि नयाँ ओएस अपडेट ल्याएको छ ।

पिक्सेलका लागि सन् २०२० सेप्टेम्बरमा उपलब्ध भएको एन्ड्रोइड ११ अब मोटोरोलाको राजर फोनको लागि पनि उपलब्ध भएको हो । २०२० को राजर फाइभजी फोनमा भने एन्ड्रोइड ११ अपडेट एप्रिल र जुलाई बिचमा दिन थालिएको थियो र केही महिना पछि यो मोटोरोलाको सन् २०१९ भर्सन राजर फोनमा उपलब्ध भएको हो ।

मोटोरोलाको १६० डलर देखि ४०० डलर बिचको फोनमा दुई वर्षको सेक्युरिटी अपडेट पनि दिने गर्दछ । एन्ड्रोइड ११ को अपडेटले च्याट एप बब्ल, प्राईभेसी फिचरहरुले परिमार्जित पावर मेन्यू पनि पाइनेछ ।