कीवर्डहरू -

टिन्डरले सबै प्रयोगकर्ताका लागि आईडी भेरिफिकेसन उपलब्ध गराउने

टिन्डरले सबै प्रयोगकर्ताका लागि आईडी भेरिफिकेसन उपलब्ध गराउने

टिन्डरले सबै प्रयोगकर्ताका लागि आईडी भेरिफिकेसन उपलब्ध गराउने भएको छ । यो फिचर अहिलेसम्म जापानमा मात्रै उपलब्ध रहेको थियो र अब यो विश्वव्यापी रुपमा सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने भएको छ । यो फिचर आउँदो त्रैमासिकमा रोलआउट हुनेछ ।

भेरिफिकेसनका निम्ति कुन देशमा कुन कागजपत्र जरुरी हुने गर्दछ भनेर कम्पनीले विज्ञहरुसँग छलफल गर्ने बताएको छ । त्यस्तै कुनै देशमा के के विवरण चाहिने गर्दछ भन्ने बारे पनि कम्पनीले छलफल गर्नेछ ।

आईडी भेरिफिकेसनले प्रयोगकर्ता माझमा केही समस्या पनि ल्याउन सक्नेछ । किनभने कतिपय प्रयोगकर्ताले विभिन्न कारणहरुले गर्दा आफ्नो वास्तविक संसारको परिचय अनलाइन प्लाटफर्ममा सेयर गर्न नचाहने पनि हुन सक्छ ।

यही कारणले सबैलाई आईडी भेरिफिकेसन गर्न सहज बनाउन विभिन्न विज्ञहरुसँग छलफल गरिरहेको छ । कम्पनीले एन्टी–क्याट फिसिङ फिचर पनि ल्याएको छ । प्रयोगकर्ता वास्तविक जीवनमा पनि एपमा देखाए जस्तोनै देखिन्छन् की देखिदैनन् भनेर पुष्टि गर्न यो फिचर ल्याइएको हो ।