कीवर्डहरू -

पिक्सेल सिक्सको बक्समा पनि अब चार्जर नहुने

पिक्सेल सिक्सको बक्समा पनि अब चार्जर नहुने

एप्पल र सामसङको बाटो पछयाउँदै गूगलको पिक्सेल सिक्सको बक्समा पनि चार्जर नहुने भएको छ । कम्पनीले द भर्जलाई यसको बारेमा बताएको छ । अरु कम्पनीहरु जस्तै गूगलले पनि धेरै प्रयोगकर्ताहरुसँग यूएसबी सी चार्जर भएको भन्दै चार्जर नदिने बताएको छ ।

बक्समा चार्जर हुने अन्तिम फोन पिक्सेल फाइभ ए हुने गूगलले बताएको छ । यसलाई कम्पनीले वातावरणमैत्री पहल भनेर ठहराएको छ । बक्समा चार्जर नहालेपछि सानो बक्समै फोन अटाउने गर्दछ जसले गर्दा कम्पनीले एैचोटि धेरै भन्दा धेरै फोनहरु ढुवानी गर्न पाउँने छन् ।

यसले ई–वेस्ट पनि घटाउने मान्यता रहेको छ । तर विज्ञहरुले यो पहलको गलत प्रभाव पर्न सक्ने पनि बताएका छन् । किनभने नयाँ फोनमा चार्जर नभएमा अरु कम्पनीहरुबाट चार्जर किनेर अझै बढि ई–वेस्टको समस्या बढ्न सकिने देखिन्छ । विस्तारै अन्य कम्पनीहरूले पनि एप्पल, सामसङ र गूगलको बाटो पछ्याउने अनुमान लगाइएको छ ।