कीवर्डहरू -

नबिल बैंकका ग्राहकले अब एटीएमबाटै पैसा जम्मा गर्न सक्ने

नबिल बैंकका ग्राहकले अब एटीएमबाटै पैसा जम्मा गर्न सक्ने

ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित हुँदै नबिल क्यास मेसिनले ग्राहकहरुलाई एटिएमबाट रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।

यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैया“ जम्मा गर्न सक्ने छन् भने एक पटकमा रु. ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् ।

साथै यस मार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस मार्फत ग्राहकहरुले क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।

बैंकले देशभर १३५ वटा शाखा कार्यालय, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुबाट सेवा दिइरहेको छ ।