कीवर्डहरू -

टेकमाइन्ड्सले पायो ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने जिम्मा 

टेकमाइन्ड्सले पायो ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने जिम्मा 

ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्यान्ड नेटवर्क निर्माण गरेर इन्टरनेट पहुँच पुर्याउने जिम्मा टेकमाइन्ड्स नेटवर्क प्रालिले पाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने जिम्मा टेकमाइन्ड्सलाई दिएको हो  ।

गत चैतमा प्राधिकरणले ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याउन टेन्डर आह्वान गरेको थियो ।

उक्त टेन्डरबाट टेकमाइन्डसले २ करोड १६ लाख ७५ हजार ६८० रूपैयाँमा इन्टरनेट विस्तार गर्ने परियोजना पाएको हो । अब कम्पनीले ९ महिनाभित्र ललितपुरका तीन गाउँपालिकाहरुमा ब्रोडब्याण्ड नेटवर्क गर्नुपर्नेछ ।