कीवर्डहरू -

असुसको आरओजी गेमिङ फोन सिरिजमा स्न्यापड्रयागन ८८८ प्लस प्रोसेसर

असुसको आरओजी गेमिङ फोन सिरिजमा स्न्यापड्रयागन ८८८ प्लस प्रोसेसर

असुसले आफ्नो आरओजी गेमिङ फोन सिरिजलाई क्वालकमको पछिल्लो नयाँ मोबाइल प्रोसेसरले अपडेट गरेको छ । यसमा स्न्यापड्रागन ८८८ प्लस फाइभ जी चिपसेट प्रयोग गरिएको छ । यो प्रोसेसर यसअघि साओमी एमआई मिक्स फोरमा प्रयोग भईसकेको छ ।

क्वालकमले पहिले नै असुस, भिभो, अनर र मोटोरोलालाई साझेदारको रुपमा चिनाईसकेको थियो । यसमा २० प्रतिशतले एआई परिमार्जज गरिएको कम्पनीले दावी गरेको छ ।

आरओजी गेमिङ फोन ६.७८ इन्च १४४ हर्ज डिस्प्लेका साथ आउने गर्दछ । यसमा ६ हजार एमएएच ब्याट्री पनि रहेको छ भने तीन ओटा रियर क्यामेरा छन् । यसको मेन सेन्सर ६४ मेगापिक्सेलको रहेको छ । यो फोनको मूल्य एक लाख २७ हजार ९ सय ७८ रूपैयाँ तोकिएको छ ।