कीवर्डहरू -

रियलमी जीटी मास्टर इडिसन सिरिज सार्वजनिक

रियलमी जीटी मास्टर इडिसन सिरिज सार्वजनिक

रियलमीले जीटी मास्टर इडिसन सिरिजका २ स्मार्टफोन सार्वजनिक भएको छ । बुधबार कम्पनीले रियलमी जिटी मास्ट इडिसन र रियलमी जीटी एक्सप्लोरेर मास्टर इडिसन सार्वजनिक भएको हो ।

रियलमी जिटी मास्टर इडिसनमा क्वालकमको स्न्यापड्रयागन ७७८ जी फाइभजी प्रोसेसर प्रयोग गरिएको छ । यो फोन ६ जीबी र ८ जीबी र्‍याम राखिएको छ ।

त्यस्तै एक्सप्लोरर मास्टर इडिसनमा स्न्यापड्रयागन ८७० प्रोसेसर प्रयोग गरिएको छ । यो फोनमा ८ जीबी र १२ जीबी र्‍याम राखिएको छ ।

रियलमी जीटी मास्टर इडिसन सिरिजमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । रियलमी जीटी एक्सप्लोरर मास्टर इडिसनमा आईओएससहित ५० मेगापिक्सेल मुख्य क्यामेरा रहेको छ ।

रियलमी जीटी मास्टर इडिसनमा ६४ मेगापिक्सेल मुख्य क्यामेरा उपलब्ध छ । यी फोनमा सामसङ एमोलेड डिस्प्ले प्रयोग गरिएको छ । दुबै फोनमा १२० हर्ज रिफ्रेस रेट रहेको छ ।

रियलमी जिटी मास्टर इडिसनको शुरूवाती मूल्य ३९९ अमेरिकी डलर रहेको छ भने रियलमी जीटी एक्सप्लोरर मास्टर इडिसनको शुरूवाती मूल्य ४९९ अमेरिकी डलरबाट शुरू हुन्छ ।