कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा भएका छन् । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले शर्मासहित ३ जनाको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । सिफारिसको पहिलो नम्बरमा रहेका शर्मालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

शर्मासँगै निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठ र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रबिलाल पन्थको नाम सिफारिस भएको थियो ।