कीवर्डहरू -

हाम्रो पात्रोको ब्राण्ड एमबास्डरमा सन्दिप क्षेत्री नियुक्त

हाम्रो पात्रोको ब्राण्ड एमबास्डरमा सन्दिप क्षेत्री नियुक्त

हाम्रो पात्रोको ब्राण्ड एमबास्डरमा सन्दिप क्षेत्री नियुक्त भएका छन् । १ करोड भन्दा धेरै डाउनलोड भएको उपलक्ष्यमा हाम्रो पात्रोले हास्य कलाकार सन्दिप क्षेत्रीलाई ब्राण्ड एमबास्डरमा नियुक्त गरेको हो ।

अहिले हाम्रो पात्रो एप नेपाली माझ सबैभन्दा धेरै प्रयोग हुने र डाउनलोड बनेको छ । एपका प्रयोगकर्ता मध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने सात प्रतिशत आईओएसमा छन् ।

हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता एक दर्जन फिचर समावेश छन् । विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, आदि जस्ता  दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ ।

दैनिक १३ लाख सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७३ लाखमाथि रहेको छ । हालै हाम्रो पात्रोमा म्यासेञ्जर समेत थपिएको छ ।

हाम्रोपात्रोमा देशका प्रमुख ८० भन्दा बढी अनलाइन न्युजपोर्टल र चार सयभन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली, अंग्रेजी सहित एप सात वटा फरक भाषामा प्रयोग गर्न सकिन्छ ।