कीवर्डहरू -

मान्छे जस्तै देखिने एआई रोबोट निर्माण गर्दै टेस्ला

मान्छे जस्तै देखिने एआई रोबोट निर्माण गर्दै टेस्ला

टेस्लाले मान्छे जस्तै देखिने एआईबाट सञ्चालित रोबोटको निर्माणमा काम गरिरहेको छ । यसलाई कम्पनीले टेस्लाबोट नाम दिएको छ । यसको बारेमा एलन मस्कले एआई डे कार्यक्रममा बताएका थिए । यो रोबोट एकदमै मैत्री स्वभावको हुने र मान्छे भन्दा एकदमै सुस्त र कमजोर हुने कम्पनीले बताएको छ ।

त्यसकारण यो रोबोटले भविष्यमा मान्छेहरु माथि हावी नहुने कम्पनीले दावी गरेको छ । यस रोबोटले विभिन्न खतरनाक र दोहोरिरहने काम गर्ने गर्दछ । यसलाई हरेक चरणमा मार्गदर्शन पनि दिइरहनुपर्दैन् ।

यसले बजारबाट सामान ल्याउने र अरू ससाना कामहरु सजिलै गर्न सक्दछ । रोबोट ५ फिट ८ इन्च लम्बाईको हुनेछ र यसको तौल १२५ पाउण्डको हुनेछ । अनुहारमा स्क्रीन हुनेछ जसले महत्वपूर्ण जानकारीहरु प्रदर्शन गर्नेछ ।

यो रोबोट ५ माइल प्रति घण्टाको गतिमा हिडन सक्नेछ र ४५ पाउण्डको तौल सम्मको सामानहरु बोक्न सक्नेछ । मस्कका अनुसार कम्पनीले आउँदो वर्षसम्ममा प्रोटोटाइप तयार गरिसक्नेछ ।