कीवर्डहरू -

मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता ३२ प्रतिशत

मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता  ३२ प्रतिशत

मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता  ३२ प्रतिशत पुगेका छन् । नेपाल राष्ट्र बैंकको नेपालमा वित्तीय पहुँचसम्बन्धि अध्ययन प्रतिवेदनअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ प्रतिशत पुगेका छन् ।

त्यस्तै मुलुकभर प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्तामा बागमती प्रदेश अगाडि रहेको छ । बागमती प्रदेशमा ३३.१२ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता र ६.४० प्रतिशत इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेका छन् ।

प्रतिखाता मोबाइल बैंकिङ प्रदेश २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको पाइएको छ ।

महानगरमा इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेका छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् ।

प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको तथ्यांकमा देखिएको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको छ ।

युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको प्रयोग बढ्दै जाने राष्ट्र बैंकले जनाएको छ ।