कीवर्डहरू -

लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउ भन्दै आइस्पानले दर्ता गर्‍यो उजुरी

लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउ भन्दै आइस्पानले दर्ता गर्‍यो उजुरी

इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउ भनेर विद्युत प्राधिकरण दरबारमार्ग काठमाडौँमा उजुरी दर्ता गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण,गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई बोधार्थ राखेर उजुरी दर्ता गरेको हो ।

भरतपुर विद्युत प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण ४ दिन सम्म पनि फिर्ता नगर्दा इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुले इन्टरनेट समयमा मर्मत गर्न नपाउदा आम उपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएएको आईस्पानले जनाएको छ ।

आइस्पानका अनुसार इन्टरनेट प्रयोग गर्न नपाउँदा प्रयोगकर्ता अनलाइन शिक्षा, बैंकिङ कारोबार गर्नबाट वन्चित हुन पुगेको छन् ।

आईस्पानले कोभिड-१९ मा डिजिटल शिक्षा, स्वास्थ्य लगायतका संवेदनशील क्षेत्र र सिङ्गो अर्थतन्त्रलाई चलायमान राखिरहेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पर्ने गरी दूरसञ्चार उपकरण फिर्ता नगर्दा भरतपुरका आमउपभोक्ताहरुले इन्टरनेट सेवाबाट बन्चित भएको आईस्पानले बताएको छ ।

नागरिकका लागि गास, बास, कपास र इन्टरनेट आधारभूत आवश्यकता भइसकेको छ र अति आवश्यक सेवामा परेको इन्टरनेट सेवाको तार काट्दा वा दूरसञ्चार उपकरणमा हानी नोक्सानी गरेमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

\"\"