कीवर्डहरू -

कर्पोरेट मिटिङ र कन्फेरेन्सका लागि होटल साम्बालाले शुरू गर्‍यो जुम रूम

कर्पोरेट मिटिङ र कन्फेरेन्सका लागि होटल साम्बालाले शुरू गर्‍यो जुम रूम

काठमाडौको चक्रपथ स्थित होटल साम्बालाले जुम रुमको व्यवस्था गरेको छ । कोरोना महामारीका कारण भर्चुअल मिटिङको चलन बढ्दै गएपछि होटल साम्बालाले कर्पोरेट मिटिङ र कन्फेरेन्सका लागि जुम रुमको व्यवस्था गरेको हो ।

भर्चुअल र भौतिक दुबै रुपमा कार्यक्रम सम्पन्न गर्न सकिने  होटेलले जनाएको छ । मिटिङ रुममा भौतिक रुपमा उपस्थित पनि हुन सकिन्छ भने आफ्नो डेस्कटप, मोबाइल अथवा अन्य कुनै डिभाइसबाट जुममार्फत मिटिङ रुममा सहभागी पनि हुन सकिने छ ।

होटेलका अनुसार भौतिक रुपमा सम्पन्न हुने कार्यक्रममा पनि सामाजिक दुरी कायम राख्दै स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्दै सो रुम तयार गरिएको छ ।

मिटिङ रुममा उच्च गुणस्तरीय स्पिकर फोन, अल इन वान क्यामेरा र अप्सनल एक्सपान्सन माइक्रोफोन लगायतका उपकरणहरू प्रयोग गरिएको छ ।

यसमा २ कन्फेरेन्स रूम रहेका छन् । प्रत्येक रूमको क्षमता २५ जना रहेको छ । यस जुम रूमको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।