कीवर्डहरू -

एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्दै गूगल

एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्दै गूगल

गूगलले गूगल एसिस्टेन्टका लागि एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्ने भएको छ । यो एपलाई गूगलले एन्ड्रोइड १२ आएपछि हटाउने भएको हो । गूगल एसिस्टेन्ट ड्राइभिङमा एन्ड्रोइड अटो एप भन्दा यूजर मैत्री इन्टरफेस हुने भएकाले पनि एपले एन्ड्रोइड अटो एप बन्द गर्ने भएको हो ।

एन्ड्रोइड १२ देखि गूगल एसिस्टेन्ट ड्राइभिङ मोड बिल्ट इन हुने भएको छ । गूगल एसिस्टेन्ट ड्राइभिङ मोड प्रयोग गर्दा पनि एन्ड्रोइड अटो एप भन्दा धेरै बेग्लै अनुभव नहुने कम्पनीले बताएको छ ।

एन्ड्रोइड अटो एपले पिक्सेल फोनहरुमा नचल्न थालेको छ । यो फिचर सन् २०१९ मानै घोषणा गरिसकिएको थियो तर सार्वजनिक हुन ढिलो भएर बल्ल अहिले सार्वजनिक भएको छ ।