कीवर्डहरू -

एप्पल आईओएस १५ मा आउने भनेर घोषणा गरेका यी फिचर तत्काल नआउने

एप्पल आईओएस १५ मा आउने भनेर घोषणा गरेका यी फिचर तत्काल नआउने

एप्पलले आफ्नो नयाँ मोबाइल आइओएस १५ मा विभिन्न आकर्षक फिचर आउन लागेको भनेर जुन महिनामा वल्र्डवाइड डेभलपर्स कन्फेरेन्समा घोषणा गरेको थियो।

उक्त कन्फेरेन्समा आकर्षक विभिन्न फिचर ल्याउन लागेको भनेर घोषणा गरेको थियो । उक्त घोषणामा गरेका फिचरहरु मध्ये कतिपय महत्वपूर्ण फिचरहरु भने तत्काल नआउने भएका छन् । उक्त मोबाइल झन्डै एक महिनापछि सार्वजनिक गर्ने आकलन गरिएको छ ।

सार्वजनिक हुने बेलामा एप्पलले आफूले घोषणा गरेका फिचरहरुमध्ये केही प्रमुख फिचर ‘सेयसप्ले’ तत्काल नआउने भएको छ ।

सेयरप्लेमा प्रयोगकर्तालाई गीत, भिडियो र कुरा गरिरहेको बेलामा स्क्रिन सेयर गर्न सक्ने सुविधा रहेको घोषणा गरेको थियो । यो फिचर सार्वजनिक भएको केही समयपछि आउने एप्पलले जनाएको छ ।

अन्य केही फिचरहरु पनि पछिमात्र आउने भएका छन् । जस्तो कि वालेटको आइडी सर्पोट, एप प्राइभेसी रिपोर्ट, कस्टम इमेल डोमेन, थ्रिडी नेभिगेसन, लिगेसी कन्ट्याक्ट, युनिभर्सल कन्ट्रोल, र्यापअप जस्ता फिचरहरु मोबाइल सार्वजनिक गर्ने बेलामा उपलब्ध नहुने भएका छन् ।